ad ad

समाज


काठमाडौं मलपछि डोजर लिएर आरबी कम्प्लेक्स पुगे बालेन

काठमाडौं मलपछि डोजर लिएर आरबी कम्प्लेक्स पुगे बालेन

काठमाडौं मलअगाडिको संरचना भत्काउँदै डोजर। तस्बिर : नेपालखबर


नेपालखबर
भदौ ८, २०७९ बुधबार १२:२९, काठमाडौँ

सुन्धारास्थित काठमाडौं मलअगाडि रहेका अवैध संरचना भत्काएपछि मेयर बालेन शाह डोजर लिएर खिचापोखरी नजिकैको आरबी कम्प्लेक्स पुगेका छन्। 

अन्डरग्राउन्ड पार्किङ बन्द गरेर व्यापारिक प्रयोजनमा लगाइएपछि त्यसलाई भत्काउन बालेन खिचापोखरी पुगेका हुन्।

यसअघि ३५ दिने सूचना निकाल्दा पनि अटेरी गरेपछि मेयर शाहले अवैध संरचना भत्काउने अभियान चलाएका हुन्। 

उनले दुई दिनअघि बानेश्वरस्थित बानेश्वर प्लाजाबाट अवैध संरचना भत्काउने अभियान थालेका थिए। 

सूचना निकाल्दा पनि अटेर गरेपछि नक्सा पास नगरी बनाइएका संरचना हटाउन थालिएको महानगरपालिकाले जनाएको छ। 

अवैध संरचना भत्काउनुअघि ट्राफिक प्रहरीको सहायतामा पसल खाली गराइएको छ। शाहसहित ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि खटिएकी छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .