सुन्धारास्थित काठमाडौं मलअगाडि रहेका अवैध संरचना भत्काएपछि मेयर बालेन शाह डोजर लिएर खिचापोखरी नजिकैको आरबी कम्प्लेक्स पुगेका छन्।
अन्डरग्राउन्ड पार्किङ बन्द गरेर व्यापारिक प्रयोजनमा लगाइएपछि त्यसलाई भत्काउन बालेन खिचापोखरी पुगेका हुन्।
यसअघि ३५ दिने सूचना निकाल्दा पनि अटेरी गरेपछि मेयर शाहले अवैध संरचना भत्काउने अभियान चलाएका हुन्।
उनले दुई दिनअघि बानेश्वरस्थित बानेश्वर प्लाजाबाट अवैध संरचना भत्काउने अभियान थालेका थिए।
सूचना निकाल्दा पनि अटेर गरेपछि नक्सा पास नगरी बनाइएका संरचना हटाउन थालिएको महानगरपालिकाले जनाएको छ।
अवैध संरचना भत्काउनुअघि ट्राफिक प्रहरीको सहायतामा पसल खाली गराइएको छ। शाहसहित ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि खटिएकी छन्।
1.0k
Shares

प्रतिक्रिया