प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई पक्राउ गरेको छ।
नेवार समुदायमाथि आघात पुर्याउने गरी कमेडी गरेको आरोपमा उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बहादुर बोहराले जानकारी दिए।
‘उसलाई ललितपुरबाट पक्राउ गरेर ल्याउँदैछन्। ल्याइसकेपछि कुन कसुरमा मुद्दा चलाउने भन्ने टुंगो लाग्छ’, बोहराले नेपालखबरसँग भने।
उनलाई कारबाही गर्न माग गर्दै अभियन्ताहरु शनिबार काठमाडौं परिसर पुगेका थिए। उनले नेवार समुदायको परम्परामा ब्यङ्ग्य गर्दै युट्युवमा अपलोड गरेका थिए।
आलोचना भएपछि उनले भिडियो हटाएका थिए भने माफी पनि मागेका थिए।
219
Shares
प्रतिक्रिया