ad ad

समाज


बागमती प्रदेश : तीव्र गतिाम बढ्दै डेंगु संक्रमण, एकैदिन ८७८ जनालाई पुष्टि

बागमती प्रदेश : तीव्र गतिाम बढ्दै डेंगु संक्रमण, एकैदिन ८७८ जनालाई पुष्टि

नेपालखबर
भदौ २८, २०७९ मंगलबार १८:४३, काठमाडौँ

पछिल्लो केही दिनयता देशभर डेंगु संक्रमण बढ्दै गएको छ। संघीय राजधानी काठमाडौंमा समेत डेंगु प्रकोपकै रुपतिर अघि बढेको छ। 

बागमती प्रदेशमा मात्रै बुधबार एकै दिन डेंगुका ८ सय ७८ बिरामी थपिएका छन्। 

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार मंगलबारसम्म संक्रमितको संख्या ७ हजार ५३२ पुगेको बताए। 

सोमबार संक्रमितको संख्या ६ हजार ६५४ थियो। तर मंगलबार यो संख्या बढेर ७ हजार ५३२ पुगेको छ। 

झाका अनुसार यो प्रदेशमा सबैभन्दा धेरै संक्रमित ललितपुरमा भेटिएका छन्। ललितपुरमा मंगलबारसम्म संक्रमितको संख्या ३७९३ पुगेको छ।

काठमाडौंमा डेंगु संक्रमितको संख्या १७९७ छ। उता बागमतीको राजधानी मकवानपुरमा १२०७ संक्रमित पुगेका छन्। 

झाका अनुसार यो संक्रमण धेरैजसो बालबालिका र वृद्धवृद्धामा देखिएको छ। संक्रमित बढ्दै गएपछि काठमाडौं र ललितपुरका अस्पताहरुमा बिरामीको चाप बढेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .