ad ad

समाज


काठमाडौंसहित देशका विभिन्न जिल्लामा भएका गाडी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौंसहित देशका विभिन्न जिल्लामा भएका गाडी दुर्घटनामा ६ जनाको मृत्यु

नेपालखबर
असोज ९, २०७९ आइतबार १४:२१, काठमाडौँ

काठमाडौंसहित देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। 

प्रहरीले आइतबार बिहान दिएको जानकारीअनुसार सवारी दुर्घटनामा परी काठमाडौं, दाङ, कैलाली, कपिलवस्तु, सिरहा र सिन्धुलीमा १/१ जनाको मृत्यु भएको हो। 

काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा बा. २ ज ११९२ नम्बरको ट्याक्सीले बा. ९१ प ५४०३ नम्बरको स्कुटरलाई शनिबार ठक्कर दिँदा स्कुटर चालक प्रहरी प्रभाग तिलिङ्गेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी गोरखा बारपाक सुलिकोट ३ घर भएका ३१ वर्षीय राजु गुरुङको मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो। ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्थित सडकमा रा. १ प ८६२३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दंगिशरण गाउँपालिका-४ वैवाङ बस्ने ५९ वर्षीय शलिकराम वलीको शनिबार राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते मोटरसासाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-४ बुड्डीस्थित सडकमा ना. ७ ख ५९५९ नम्बरको बस र ना. ५ ख ६५६५ नम्बरको ट्रक शनिबार दिउँसो आपसमा ठक्कर खाँदा बसमा सवार प्युठान मलारानी गाउँपालिका-२ बस्ने २५ वर्षीया बिमला पुन मगरको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जिल्ला अस्पताल (तौलिहवा) मा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका २५ जना उपचारपश्चात् अस्पतालबाट डिस्चार्ज भएका छन् भने ट्रक चालकसमेत अन्य ६ जनालाई थप उपचारका लागि चौराहा अस्पताल बुटवल पठाइएको छ।

दुवै सवारीसाधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यस्तै सिरहाको धनगढीमाई नगरपालिका-१२ सिमलटोकीमा शनिबार दिउँसो प्रदेश २-०१-००१ त १७७२ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय शंकर रामको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि श्रमजीवी अस्पताल (धनगढीत) लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ। 

यस्तै कैलालीको टीकापुर नगरपालिका-२, कोठारपुरमा से। ६ प ३१८१ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका(२ विजयनगर शिविर बस्ने ७० वर्षीय भोकारी थारुको शनिबार साँझ मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई टीकापुर अस्पताल हुँदै थप उपचारका लागि कोहलपुर (बाँके) तर्फ पठाइएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यस्तै सिन्धुलीको कमलामाई नगरपालिका-२ भद्रकाली मन्दिरनजिक सडकमा शनिबार दिउँसो प्रदेश २-०१-०३ प ११०० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खस्दा मोटरसाइकल चालक सप्तरी हनुमाननगर नगरपालिका-४ भारदह बस्ने २२ वर्षीय कैलाश मण्डलको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .