ad ad

समाज


बाँके र खोटाङमा दुर्घटनाबाट २ जनाको मृत्यु

बाँके र खोटाङमा दुर्घटनाबाट २ जनाको मृत्यु

नेपालखबर
असोज १२, २०७९ बुधबार १३:३८, काठमाडौँ

बाँके र खोटाङमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ भन्सार गेट अगाडि सडकमा मंगलबार राति यूपी ४० एसी ०८५७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। मृत्य हुने व्यक्ति भारत बहराइच उत्तर प्रदेशका ३२ वर्षीय सन्दीपकुमार साहु हुन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङ होम बाँकेमा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार नेपालगन्ज उपमहानगरपालिका–१५ रुपडियाका २२ वर्षीय पृथ्वी राजपुतको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

यस्तै खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडास्थित सडकमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार प्रदेश नम्बर १–०२–००३ त १४९२ नम्बरको ट्याक्टरबाट लडेर सोही नगरपालिका–११ का ५६ वर्षीय टेक बहादुर राईको मृत्यु भएको हो। लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

याे पनिसल्यान दुर्घटना : चालक निदाएका कारण जिप भिरबाट खसेको अनुमान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .