समाज


सन्दीपविरुद्ध प्रहरीका प्रमाण : १२ वटा सीसीटीभी फुटेजदेखि स्न्यापच्याट म्यासेजसम्म

के के छन् प्रमाण?
सन्दीपविरुद्ध प्रहरीका प्रमाण : १२ वटा सीसीटीभी फुटेजदेखि स्न्यापच्याट म्यासेजसम्म

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १५:२३, काठमाडौँ

सन्दीप लामिछानेलाई लागेको बलात्कारसम्बन्धी आरोप पुष्टि हुने प्रमाण देखिएको दाबीसहित जिल्ला अदालत काठमाडौंमा सोमबार मुद्दा दर्ता भएको छ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन र प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो। 

अदालतमा अभियोग पत्र पुगेसँगै सन्दीपलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित समेत गराइएको छ।

अब मंगलबारदेखि उनको मुद्दामाथी थुनछेक बहस सुरु हुने छ। तत्काल उपलब्ध प्रमाण्बाट उनी दोषि हुने देखिएमा अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनेछ। त्यस्तो आदेश आएमा मुद्दाको अन्तिम किनारा नलागेसम्म सन्दीप जेलमा हुनेछन्। 

अदालतमा बुझाएको अभियोजन पत्रमा मुख्य प्रमाणका रुपमा होटलका सीसीटीभी फुटेज बुझाइएको छ। प्रहरीले अदालतमा मुद्दासँगै ६ वटा प्रमाण बुझाइएको छ।

प्रहरीले बुझाएको प्रमाणका रुपमा १२ वटा सीसीटीभी फुटेज छन्। ती सबै फुटेज काठमाडौंको गौशलास्थित होटल काठमाडौं इनका हुन्। १२ वटा फुटेजसहितको पेनड्राइभ प्रहरीले बुझाएको हो। 

यस्तै होटलको गेष्ट रजिस्ट्रार कार्ड पनि अदालतमा पेश गरिएको छ। अर्को प्रमाणका रुपमा सन्दीपले किशोरीलाई स्न्यापच्याटमा पठाएको म्यासेज छ। उनले किशोरीलाई मायाको चिन्हसहित पठाएको म्यासेजमा लेखिएको छ, ‘मायाको पहिलो सौगात।’

नगरकोर्टको बोजिनी रिसोर्टमा सन्दीपले तिरेको बिल भर्पाई पनि प्रमाण भन्दै प्रहरीले अदालत पु¥याएको छ। यस्तै ल्याबमा परीक्षण गरेर फिर्ता गरिएका उपकरणहरु भौतिक प्रमाणका रुपमा अदालतमा बुझाइएको छ। अर्को प्रमाण सन्दीप लामिछानेकै स्वास्थ्य परीक्षणको रिपोर्ट छ। 

यसबाहेक पीडित भनिएकी किशोरीको जाहेरी र बयान लगायत अन्य यस घटनामा जोडिएका सबै बयानलाई पनि प्रहरीले प्रमाणका रुपमा लिएको छ। अदालतमा मुद्दासँगै ८४ वटा कागजात पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .