समाज


किशोरीलाई सन्दीपको म्यासेज : मायाको पहिलो सौगात सुरू...

किशोरीलाई सन्दीपको म्यासेज : मायाको पहिलो सौगात सुरू...

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १५:४५, काठमाडौँ

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा दर्ता भएको छ। काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएसँगै प्रहरीले अनसन्धान प्रतिवेदन र प्रमाण पनि पेश गरेको छ। 

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन र प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो। 

अदालतमा बुझाएको अभियोजन पत्रमा मुख्य प्रमाणका रुपमा होटलका सीसीटीभी फुटेज बुझाइएको छ। प्रहरीले अदालतमा मुद्दासँगै ६ वटा प्रमाण बुझाइएको छ।

जसमा सन्दीपले पठाएको एसएमएस पनि पठाएको प्रमाण प्रहरीले पेश गरेको छ। 

प्रहरीले बुझाएको प्रमाणका रुपमा १२ वटा सीसीटीभी फुटेज छन्। ती सबै फुटेज काठमाडौंको गौशलास्थित होटल काठमाडौं इनका हुन्। १२ वटा फुटेजसहितको पेनड्राइभ प्रहरीले बुझाएको हो। 

यस्तै होटलको गेष्ट रजिस्ट्रार कार्ड पनि अदालतमा पेश गरिएको छ। अर्को प्रमाणका रुपमा सन्दीपले किशोरीलाई स्न्यापच्याटमा पठाएको म्यासेज छ। उनले किशोरीलाई मायाको चिन्हसहित पठाएको म्यासेजमा लेखिएको छ, ‘मायाको पहिलो सौगात सुरु...।’

अदालतमा अभियोग पत्र पुगेसँगै सन्दीपलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित समेत गराइएको थियो।

अब मंगलबारदेखि उनको मुद्दामाथी थुनछेक बहस सुरु हुने छ। तत्काल उपलब्ध प्रमाण्बाट उनी दोषि हुने देखिएमा अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .