भक्तपुरको ठिमीमा बुधबार बिहान आगलागी भएको छ। उक्त आगलागीमा एकजना युवतीको मृत्यु भएको छ।
भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले आगलागीमा युवतीको ज्यान गएको जानकारी दिए।
मध्यपुर ठिमी नगरपालिका ६ राईटोलमा भएको आगलागीमा २५ वर्षीया अस्मिता केसीको मृत्यु भएको हो।
तीन तले कच्ची घरमा अचानक फैलिएको आगो नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहित स्थानीय, भक्तपुरका २ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिएका छन्।
आगालागी हुँदा घरभित्रै रहेकी अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिसकी बिरामी थिइन्। उनको त्यहीँ जलेर मृत्यु भएको हो।
१४ वार्षीया नित्मा केसीलाई उद्दार गरेर कोरियन अस्पताल पठाइएको थियो। उपचारपछि उनी डिस्चार्ज भइसकेकी छन्।
69
Shares

प्रतिक्रिया