ad ad

समाज


अनि सुकुम्बासीहरु हातमा खुकुरी नचाउँदै निस्किए (तस्बिरहरु)

अनि सुकुम्बासीहरु हातमा खुकुरी नचाउँदै निस्किए (तस्बिरहरु)

हातमा खुकुरी बोकेर नगर प्रहरीविरुद्ध जाइलाग्न तयार सुकुम्बासीको समूह। तस्बिर : सरोज बैजु/नेपालखबर


सरोज बैजु
मंसिर १२, २०७९ सोमबार १६:३४, काठमाडौँ

थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासीहरुको बस्ती हटाउन पुगेका महानगरी प्रहरीले चुनौतीको सामना गर्नुपरेको छ।

बागमती किनारमा अवैधरुपमा बसेको बस्तीहटाउने क्रममा पुगेका महानगर प्रहरीमाथि सुकुम्बासीहरु हतियारसहित जाइलागेका हुन्। 

बस्ती हटाउन आएको टोलीमाथि सुकुम्बासीहरु घरेलु हतियार खुकुरी र ढुंगामुढासहित उत्रिएका थिए।

उनीहरु हातमा खुकुरी बोकेर सडकमा निस्किँदै बस्ती हटाउन आए बाँकी नराख्ने चेतावनी दिइरहेका छन्।  

बस्ती हटाउन आएपछि प्रतिकारमा उत्रिएकाहरुले घरेलु हतियार खुकुरी र ढुंगामुढासहित जाइ लागेका थिए। 

आक्रमक बनेका सुकुम्बासीहरुले ढुंगा र इँटा हान्दा महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .