समाज


बी एण्ड बी अस्पतालमा पत्रकारका लागि उपचारमा छुट

बी एण्ड बी अस्पतालमा पत्रकारका लागि उपचारमा छुट

नेपालखबर
मंसिर १६ , काठमाडौँ

नेपाल पत्रकार महासंघ, ललितपुर शाखा र बी एण्ड बी अस्पतालबीच पत्रकार र आश्रित परिवारको उपचारका क्रममा लाग्ने औषधि र स्वास्थ्य उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ।

शुक्रबार एक कार्यक्रमकाबीच उक्त सम्झौता भएको महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले बताए। उनकाअनुसार पत्रकार र पत्रकारका परिवारको स्वास्थ्य उपचारका क्रममा औषधि र स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो।

सम्झौता २०७९ साल मंसिर १६ गतेबाट लागू भई दुई वर्षसम्म रहने छ।

सम्झौता पत्रमा उल्लेख भएअनुसार नेपाल पत्रकार महासंघमा आवद्ध सबै शाखाका सदस्यहरु, पत्रकारका श्रीमान/श्रीमती, बुबा–आमा, छोराछोरीले यो सुविधा पाउनेछन्। सुविधाका लागि नेपाल पत्रकार महासंघबाट जारी भएको पत्रकार परिचय–पत्र आवश्यक हुने उल्लेख छ। 

सम्झौता पत्रमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने र सचिव रामहरी कार्कीले हस्ताक्षर गरेका छन् भने अस्पतालका तर्फबाट अस्पतालका कार्यकारी निर्देशक डा.निरज लाल वैद्य र कार्यकारी व्यवस्थापक डा.रिना वैद्यले गरेका छन्।

मंसिर १६, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.