ad ad

समाज


मकवानपुरका दुई पत्रकार कांग्रेस कार्यकर्ताद्वारा कुटिए

मकवानपुरका दुई पत्रकार कांग्रेस कार्यकर्ताद्वारा कुटिए

नेपालखबर
मंसिर १९, २०७९ सोमबार १३:३८, काठमाडौँ

मकवानपुरका दुईजना पत्रकारलाई नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका छन्। 

कांग्रेस बागमती प्रदेश सभापति एवम् नवनिर्वाचित सांसद इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको भन्दै पत्रकारहरुमाथि आक्रमण भएको हो।

हेटौँडाबाट प्रकाशित हुने बागमती एक्सप्रेस साप्ताहिकको समाचारबारे विवाद हुँदा पत्रिकाका प्रकाशक रमेश बञ्जरा 'इन्द्र' र अर्का पत्रकार रामकुमार रिजाल 'एलन' माथि कुटपिट भएको हो।

हेटौँडा उपमहानगरपालिका-२ स्थित पल्पसा होटलमा आइतबार राति ९ बजे कांग्रेसका स्थानीय कार्यकर्ता राजेश भेटवालको नेतृत्वमा आएकाहरुले बञ्जरा र एलनलाई कुटपिट गरी घाइते बनाएका छन्।

एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको संगठनका महासचिव भूपराज खड्काले बताए।

कुटपिटपछि ती पत्रकारले भेटवाल, राजु नगरकोटी, रञ्जन बनियाँसहितविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका छन्। 

यसैबीच नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनले एलनलाई कुटपिट गर्ने र योजनाकारको पहिचान गरी कारबाही गर्न माग गरेको छ। 

संगठनका उपमहासचिवसमेत रहेका एलनलाई राजेश भेट्वालसहितको समूहले कुटपिट गरेको जनाएको छ। 

त्यस्तै पत्रकार महासंघ बागमतीका महासचिव कृष्ण सारु मगरलाई पनि कुटपिट गरिएको भन्दै समाजवादी प्रेस संगठनले घटनाको विरोध गरेको छ।

महासचिव मगर सामान्य घाइते भएका छन्। बागमती एक्सप्रेसले मंसिर ४ को चुनावमा कांग्रेसभित्रको घात/अन्तर्घातबारे समाचार छापेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .