समाज


लागुऔषध खाएर गाडी चलाउने ७ जना पक्राउ

लागुऔषध खाएर गाडी चलाउने ७ जना पक्राउ

नेपालखबर
पुस १०, २०७९ आइतबार ६:४६, काठमाडौँ

ट्राफिक प्रहरीले लागूऔषध सेवन गरी सवारीसाधन चलाउने सात जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातिको संयुक्त टोलीले शनिबार गरेको जाँचका क्रममा सात जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा पाँच मोटरसाइकल चालक, एक स्कुटर चालक र एक ट्याक्सी चालक छन्। पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगाति पठाइएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

सवारीसाधनका चालकले लागुऔषध सेवन गरी सवारीसाधन चलाए/नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित टीएचसी किटको प्रयोग गरी गत साउन ९ बाट ट्राफिक प्रहरीले जाँच अभियान सुरु गरेको थियो। 

मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकलाई विगत लामो समयदेखि जाँच गरी कारबाही गरिरहेको ट्राफिक प्रहरीले पछिल्लो समय लागुऔषध सेवन गरी सवारी चलाउने चालकको सङ्ख्यासमेत बढेपछि कारबाहीलाई तीव्रता दिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .