समाज


लप्सेफेदीमा आन्दोलन : स्थानीयलाई पेस्तोल ताक्ने इन्सपेक्टरमाथि छानबिन सुरु

लप्सेफेदीमा आन्दोलन : स्थानीयलाई पेस्तोल ताक्ने इन्सपेक्टरमाथि छानबिन सुरु

नेपालखबर
पुस २४, २०७९ आइतबार १७:२१, काठमाडौँ

काठमाडौंका शंखरापुरका स्थानीयलाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरु भएको छ।

उनलाई काठमाडौं परिसरमा झिकाइ छानबिन थालेको परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

शंखरापुर नगरपालिका ३ स्थित बोझेनीमा विद्युतको सबस्टेशन निर्माण गर्न लागेपछि स्थानीयले विरोध गरेका छन्।

विरोधमा उत्रिएका स्थानीयलाई प्रहरी निरीक्षक बुढाथोकीले पेस्तोल ताकेका थिए। 

बुढाथोकी आन्दोलन चर्किएपछि थप मद्दतका लागि बौद्ध बृत्तबाट गएका थिए। पुस २० गते शंखरापुर नगरपालिका लप्सेफेदी-३ स्थित बोझेनीमा विरोध प्रदर्शनका क्रममा उक्त घटना भएको थियो। 

बुढाथोकीले गैह्र व्यवसायिक कार्य गरेको भन्नेबारे परिसरले छानबिन थालेको एसपी मैनालीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad