ad ad

समाज


प्रमोद खरेलको कन्सर्ट हेर्न जाँदा भीडमा नौ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित

प्रमोद खरेलको कन्सर्ट हेर्न जाँदा भीडमा नौ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित

फाइल


नेपालखबर
माघ १४, २०७९ शनिबार २१:१७, काठमाडौँ

धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी ना जनाभन्दा बढी घाइते भएका छन्।

घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ।

अत्यधिक भीडका कारण दर्शकहरू घाइते भएको र  घाइतेहरूको उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए।

घाइतेहरूको विवरण र क्षतिबारे सबै जानकारी प्राप्त नभएको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए। आजका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .