ad ad

समाज


देशको विकास निर्माण अन्योलमा छ : प्रवक्ता डा महत

देशको विकास निर्माण अन्योलमा छ : प्रवक्ता डा महत

फाइल तस्बिर।


नेपालखबर
माघ २८, २०७९ शनिबार २०:३१, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताएका छन्। सातौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै उनले आशा र भरोसाको साथ जनताले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गरे पनि राजनीतिक चलखेलको कारण सरकार बाहिर बस्न बाध्य भएको बताए।

उक्त अन्योलताबाट मुक्ति दिलाउन कांग्रेसले प्रयत्न गरिरहेको उनको भनाइ छ।

‘देशको विकास निर्माण, सुशासनदेखि उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण अन्योलपूर्ण बनेको छ’, उनले भने, ‘देश विकासको लागि लोकतान्त्रिक मूल्य-मान्यता,  कानुनी शासनको सुनिश्चितता हुन आवश्यक छ । त्यसको नेतृत्व कांग्रेसले गर्नेछ।’

जनता र देशको हित विपरित कार्य सरकारले गरेमा कांग्रेसले खबरदारी गर्ने उनको भनाइ छ। ‘कम्युनिष्ट पार्टी र उनीहरूले नेतृत्व गरेको सरकार प्रचारवाजी धेरै गर्ने र काम कम गर्ने प्रवृत्तिको छ। त्यस्ता प्रवृत्तिको हामी सधैँ खबरदारी गर्नेछौँ’, उनले भने।

पर्यटकीय, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले नुवाकोट भरिपूर्ण रहेकोले त्यसको प्रवद्र्धनको लागि आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको उनले बताए। 

समयसमयमा आयोजना हुने मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुको साथै बजारको व्यवस्थापन गराउन विशेष भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्वद्र्धन, दीगो आर्थिक विकासको लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने नारामा शुक्रबारदेखि सुरु भएको सातौँ नुवाकोट महोत्सव फागुन १० सम्म सञ्चालन हुनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .