समाज


जंगी अड्डामा प्रधानसेनापतिको सम्बोधन : देशमा सुरक्षा चुनौती झन् बढ्दै गयो

जंगी अड्डामा प्रधानसेनापतिको सम्बोधन : देशमा सुरक्षा चुनौती झन् बढ्दै गयो

नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति शर्मा। तस्बिर : नेपाली सेना


नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १९:२, काठमाडौँ

प्रधानसेनापति प्रभुराम शर्माले सुरक्षा चुनौती बढ्दै गएको बताएका छन्। महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६० औँ वर्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार सम्बोधन गर्दै उनले दिनदिनै सुरक्षा चुनौती बढ्दै गएको बताएका हुन्। 

नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति शर्माले भने, ‘हिजोभन्दा आज र आजभन्दा भोलि सुरक्षा चुनौती झन् झन् संवेदनशील र पेचिलो बन्दै गइरहेकाले आइपर्न सक्ने जस्तोसुकै परिस्थितिको कुशलतापूर्वक सामना गर्न सकलदर्जाले पेशागत ज्ञान, सीप र बन्दोवस्ती क्षमतालाई अझ विशिष्टिकृत र दुरुस्त बनाइराख्नु आजको आवश्यकता हो।’

मित्रराष्ट्रका सेनाहरुसँगको सम्बन्ध थप सुदृढ गर्दै सहयोगका क्षेत्रहरु विस्तार गरी क्षमता अभिवृद्धि तथा दिगो सैनिक कूटनीतिअनुरुप अगाडी बढ्दै गएकोसमेत शर्माले सम्बोधनका क्रममा बताए। 

विपद व्यवस्थापन र उद्दारजस्ता कार्यमा क्षमता र हौसलाका साथ हरहमेसा तयारी अवस्थामा रहनु पर्ने प्रधानसेनापति शर्माले बताए। 

नेपाली सेनाले राष्ट्र र जनताप्रति देखाएको सेवाभाव, निस्वार्थपन, गैरराजनीतिक चरित्र, व्यवसायिकता, अनुशासन र कर्तव्यपरायणता जस्ता मूल्य-मान्यतालाई कायम राख्दै दिइएको जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्न उनले निर्देशन दिएका छन्। 

प्रधान सेनापतिले अस्वाभाविक व्यक्तिगत महत्त्वाकांक्षा तथा स्वार्थपूर्तिका लागि संस्थाको गरिमामा आँच पुर्‍याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई नभएको बताए।

वि.सं. १८१९ मा नेपाली सेनामा ५ वटा कम्पनीहरु स्थायी रुपमा खडा भएको थियो। त्यही वर्षलाई आधुनिक नेपाली सेना स्थापनाको सुरुवाती वर्षका रुपमा लिँदै यस पटकको महाशिवरात्रीका दिन, शनिबार २६० औँ सेना दिवश मनाइँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .