सर्लाहीको बागमतीमा रहेको एक सहकारीबाट दुई लाख ५० हजार रुपैयाँ चोरी भएको छ।
बागमती नगरपालिका–११ कर्मैयास्थित बागमती बचत तथा ऋण सहकारी संस्थाबाट आइतबार राति अढाई लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।
कार्यालयबाट नगदसहित सीसीटीभीका सबै उपकरणसमेत चोरी भएको सहकारीका अध्यक्ष बाशु खड्काले जानकारी दिए।
चोरीको प्रमाण नष्ट गर्ने उद्देश्यले चोरहरुले सीसीटीभीको हार्डडिक्ससहितका उपकरणसमेत चोरी गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
सहकारीको सटरको भित्रपट्टिको ढोकाको ताला फोडेर कार्यालयभित्र पसेका चोरहरुले सेफबाट एक लाख ९० हजार र काउण्टरबाट ६० हजार रुपैयाँ चोरी गरेका इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी नायव निरीक्षक जीवन खड्काले जानकारी दिए।
सोमबार बिहान साढे १० बजे सहकारीका कर्मचारीले कार्यालय खोल्दा चोरी भएको जानकारी पाएका थिए।
इलाका प्रहरी कार्यालय हरिवनको टोलीले घटनाको अनुसन्धान अघि बढाएको खड्काले बताए।
घटनास्थल इलाका प्रहरी कार्यालय कर्मैयाबाट एक सय मिटरको दूरीमा पर्छ।
Shares

प्रतिक्रिया