समाज


वीर अस्पतालले पाँचजना नर्सलाई सेवाबाट हटायो

वीर अस्पतालले पाँचजना नर्सलाई सेवाबाट हटायो

फाइल तस्बिर


नेपालखबर
फागुन ३०, २०७९ मंगलबार १२:२३, काठमाडौँ

 कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) ले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ। 

दुई-तीन वर्षदे‍खि सम्पर्कमा नआएपछि सेवाबाट हटाइएको अस्पतालको नर्सिङ शाखा प्रमुख संगीता श्रेष्ठले जानकारी दिइन्। 

उनका अनुसार लामो समय देखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित रहेका पाँचौ तहका उनीहरुलाई सेवाबाट हटाइएको हो।

‘अस्पतालको सम्पर्कमा आउन पटक पटक खबर गरे पनि अस्पतालको सम्पर्कमा नआएपछि सेवाबाट हटाइएको हो’, उनले भनिन्।

सेवाबाट हटाइएका नर्सहरु न्याम्स अन्तर्गतका स्थायी नर्सहरु सुशीला ढकाल, जमुना सिटौला, सम्झना श्रेष्ठ, शान्ति लम्साल र ओमदेवी पुन रहेका छन्।

अस्पतालले मंगलबार सार्वजनिक सूचना जारी गर्दै २०७४ चैत १ देखि अनुपस्थित भएकी जमुना सिटौला, २०७५ असार २२ देखि अनुपस्थित भएकी शान्ति लम्साल र २०७५ पुस १३ देखि अनुपस्थित भएकी ओमदेवी पुनलाई सेवाबाट हटाएको हो।

२०७६ असोज १ देखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित भएकी सम्झना श्रेष्ठ, २०७६ फागुन ३० देखि अनुपस्थित भएकी स्टाफ नर्स सुशीला ढकाललाई पनि हटाइएको उल्लेख छ। 

उनीहरुलाई  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नियमावली २०६५ को नियम १३३ (घ) बमोजिम तीन महिनासम्म सम्पर्कमा नआए स्वत सेवाबाट हटाइने उल्लख छ। त्यही अनुसार नै उनीहरुलाई हटाइएको प्रमुख श्रेष्ठले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad