समाज


पहाडी जिल्लामा चट्याङ र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

पहाडी जिल्लामा चट्याङ र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

फाइल।


नेपालखबर
चैत ८, २०७९ बुधबार ७:१८, काठमाडौँ

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  कोशी र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

मेघगर्जन, चट्याङसहित हावाहुरीको पनि सम्भावना रहेकाले यसबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन पनि जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .