ad ad

समाज


प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिह्न

नक्सालमा स्वागत तयारी
प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिह्न

नवनियुक्त आईजीपी वसन्त कुँवरलाई दर्ज्यानी चिन्ह लगाइदिँदै गृहसचिव विनोदप्रकाश सिंह। तस्बिर : नेपाल प्रहरी


नेपालखबर
चैत १२, २०७९ आइतबार १२:०, काठमाडौँ

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

आइतबार गृह मन्त्रालयमा एक समारोहकाबीच गृहसचिव विनोद प्रकाश सिंहले महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। 

कुँवरलाई सरकारले गत शुक्रबार महानिरीक्षकमा नियुक्त गरेको थियो। शनिबारबाटै कार्यकाल सुरु भए पनि बिदा भएका कारण आज दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। 

दर्ज्यानी चिह्न प्रदान गरिएपछि कुँवरलाई नेपाली सेनाका बलाध्यक्ष रथि सीताराम खड्का र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितले बधाई दिएका छन्।

दर्ज्यानी चिन्ह लगाएर महानिरीक्षक कुँवर प्रहरी प्रधान कार्यालय फर्किएका छन्। त्यहाँ उनको स्वागतसहित औपचारिक कार्यभार सुरु हुनेछ। 

सरकारले पहिलो नम्बरमा रहेका कुँवरलाई आईजीपीमा नियुक्त गरेसँगै प्रहरीमा यसअघि जस्तो विवाद देखिएको छैन। उनको स्वागतमा प्रतिस्पर्धीहरु पनि पुगेका छन्। 

महानिरीक्षकका लागि प्रतिस्पर्धामा एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य थिए।

महानिरीक्षक कुँवरले अहिलेकै अवस्थामा पनि २ वर्ष प्रहरीको नेतृत्व गर्नेछन्। नयाँ प्रहरी ऐन आए उनको कार्यकाल थप हुन सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .