नेपालमा कोरोना भाइरसको जोमिख बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा थप २४ नयाँ जना संक्रमित थपिएका छन्।
एक साताअघि संक्रमित संख्या शून्य जस्तै थियो। चैत ७ र ८ गते संक्रमित संख्या शून्य थियो। ९ चैतमा एकै पटक १७ जनामा संक्रमण पुष्टि भयो।
त्यसपछि १३ चैतमा एक हजार दुई सय ६६ जनाको परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै आज एक हजार चार सय २९ जनाको स्वाव परीक्षण गर्दा थप २४ जना संक्रमित थपिएका हुन्। देशभर सक्रिय संक्रमितको संख्या ७८ रहेको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डां समीरकुमार अधिकारीका अनुसार कोरोना भाइरसका संक्रमित बिरामीको संख्या बढ्दै गइरहेको छ।
‘भारतमा कोराना भाइरसको संख्या बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको छ’ उनले भने ‘जसले गर्दा एक साताअघि भन्दा तुलानात्मकरुपमा अहिले संक्रमितको संख्या बढ्दै गइरहेको हो।’
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार भारतमा संक्रमण बढेसँगै नेपालमा खुला सिमानाका कारणले आउने जाने भएकाले नेपाल पनि सजिलै संक्रमण भित्रिएकाले सीमा नाकामा कडाइ गर्न निर्देशन दिइसकेको जानकारी दिएको छ।
प्रतिक्रिया