सेवाग्रहीसँग रु ७५ हजार घुस लिएको अभियोगमा नापी कार्यालय वीरगञ्जका सर्वेक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ।
जग्गाधनीको प्रमाण पूर्जा बनाइ दिने नाउँमा सेवाग्रहीसँग माग गरेको घुस रकम लिँदै गरेको अवस्थामा आयोगको मकवानपुरको टोलीले नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई रंगे हात पक्राउ गरेको हो।
वीरगञ्ज महानगरपालिका–९ रानीघाटस्थित नापी कार्यालय पर्सा अन्तर्गतको २ नं नापी टोली कार्यालयमा सेवाग्रहीसँग रु ७५ हजार घुस रकम लिँदै गरेको अवस्थामा साेमबार बेलुकी ६ः३० बजे रंगेहात सर्वेक्षक पासवालाई पक्राउ गरिएको आयोगले जनाएको छ।
सेवाग्रहीले दिएकोे सूचना तथा उजूरीका आधारमा कारवाही गर्दा सर्वेक्षक पासवान रङ्गे हात पक्राउ परेको बताइएको छ। पक्राउ परेका सर्वेक्षक पासवानलाई आवश्यक अनुसन्धानका लागि आजै मकवानपुर लैजाने तयारी आयोगले गरेको छ।
यता ववई सव-डिभिजन वन कार्यालय बर्दियामा कार्यरत सहायक वन अधिकृत आनन्दप्रसाद साहलाई १० हजार रुपैयाँ घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएकाे छ।रासस

प्रतिक्रिया