समाज


चितवनका व्यवसायी कँडेलको देहत्याग घटनाका कांग्रेस चितवनको ध्यानाकर्षण

चितवनका व्यवसायी कँडेलको देहत्याग घटनाका कांग्रेस चितवनको ध्यानाकर्षण

नेपालखबर
बैशाख २१, २०८० बिहिबार २१:८, काठमाडौँ

नेपाली कांग्रेसले पार्टीका महासमिति सदस्य चितवन भरतपुर महानगरपालिका–८ निवासी शंकरप्रसाद कँडेलको देहत्यागसम्बन्धी घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कानुनी कारबाहीका लागि सरकारसँग माग गरेको छ।
 

कँडेलले यही वैशाख १९ गते साँझ देहत्याग गर्नुअघि आठ पृष्ठ लामो ‘सुसाइड नोट’ छाडेको, आरोपित दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय चितवनमा परिवारजनले किटानी जाहेरी दर्ता गरेको पार्टीले जनाएको छ।

तर आजसम्म प्रशासनबाट दोषी पक्राउ गर्न कुनै तत्परता नदेखाएको भन्दै कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ। 
 

राजनीतिक, सामाजिक र व्यावसायिक भूमिकामा सक्रिय कँडेलको देहत्यागप्रति गहिरो दुःख व्यक्त गर्दै कांग्रेसले उनको आत्माको चिर शान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

उनको मृत्युको विषयलाई लिएर नेपाली कांग्रेस चितवनले शुक्रबार दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रमसमेत तय गरेको छ। 

दोषी भनिएकाहरूलाई पक्राउ गरी तत्काल अनुसन्धान सुरु गर्नका लागि जिल्लाका व्यवसायी एवं नेपाली कांग्रेस चितवनले दबाबपूर्ण कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .