पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग ५ घण्टा लामो बयानपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको छ।
बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका उनलाई अहिले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंमा पाँच घण्टासम्म बयान लिएपछि प्रहरीले खाँण र उनका सहयोगी नरेन्द्र केसीलाई स्वास्थ्य परीक्षणका लागि लगेको हो।
अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि म्याद थपका लागि दुवैलाई बबरमहलस्थित जिल्ला अदालत काठमाडौंमा पेश गरिने छ।

390
Shares

प्रतिक्रिया