समाज


दिलीप हत्या प्रकरणः ज्यान मार्ने धम्की दिने क्रसर उद्योगका सञ्चालक विपिन महतो पक्राउ

दिलीप हत्या प्रकरणः ज्यान मार्ने धम्की दिने क्रसर उद्योगका सञ्चालक विपिन महतो पक्राउ

शैलेन्द्र महतो
पुस २६, २०७६ शनिबार ६:३९,

दिलीपकुमार महतो हत्या प्रकरणमा प्रहरीले चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतोलाई पक्राउ गरेको छ।

उनलाई शनिबार बिहान जनकपुरमा आफन्तको घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।

  दिलीपको हत्या भएको स्थान

 जिल्ला प्रहरी कार्यालय धुनषाका एसपी रमेशकुमार बस्नेतले क्रसर उद्योगका सञ्चालक तथा ठेकेदार महतोलाई पक्राउ गरिएको पुष्टि गरे।

‘विपिन महतोलाई जनकपुरबाट पक्राउ गरेका छौँ’, नेपालखबरसँग कुरा गर्दै एसपी बस्नेतले भने, ‘अब अनुसन्धान अगाडि बढाउछौँ।’

शोकाकुल दिलीपका आफन्त।

मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपको शुक्रबार बिहान साथीसँग मर्निङवाक गएका बेला टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो।

महतोले दिलीपको हत्या हुनुभन्दा दुई दिन अगाडि उनका बुबा रामजीवपन महतोलाई धम्की दिँदै छोराको छातीमा टिपर कुदाउने बताएका थिए।

दिलीपका दाइ वीरेन्द्र महतोका अनुसार गएको बुधबार मात्रै दिलीपका बुबा रामजीवन महतोलाई ठेकेदार तथा क्रसर उद्योगका सञ्चालक विपीनकुमार महतो धम्क्याउँदै भनेका थिए, ‘छोरालाई सम्झाइ दिनु। नत्र कुनै दिन जिउमै टिपर चढाइ दिन्छु।’ उनले ठेकेदार महतोकै निर्देशनमा दिलीपको कुटपिट गरी हत्या गरी शवमाथि टिपर चढाइएको आरोप लगाए।

चुरियामाइ बालुवा प्रशोधन उद्योग

‘अवैध उत्खननविरुद्ध आवाज उठाउँदा ज्यानै गुमाउनु पर्‍यो,’ वीरेन्द्रले भने, ‘पहिलेदेखि नै क्रसर तथा टिपर मालिकहरुले विभिन्न प्रकारका धाकधम्की दिलीपलाई दिँदै आएका थिए। तर, भाइले त्यसको पर्वाह गरेन। अन्ततः उसको ज्यानै लिइयो।’

प्रहरीले शुक्रबारै दिलीपलाई कुल्चने ना ७ ख ६४१३ नम्बरको टिपरका चालक मुनिन्द्र महतोलाई ढल्केबरबाट पक्राउ गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad