ad ad

समाज


ग्रीसमा गठबन्धन बनाउने प्रयास असफल, दोस्रो आमनिर्वाचनको तयारी

ग्रीसमा गठबन्धन बनाउने प्रयास असफल, दोस्रो आमनिर्वाचनको तयारी

नेपालखबर
जेठ ११, २०८० बिहिबार १६:५२, काठमाडौँ

ग्रीसमा बुधबार सरकार गठनको प्रयास असफल भएपछि यसै बर्षायाममा दोस्रो आम निर्वाचन हुने भएको छ।

सत्तारुढ कन्जरभेटिभ पार्टी न्यू डेमोक्रेसी पार्टीले आइतबार भएको निर्वाचनमा ४०.७९ प्रतिशत मत प्राप्त गरे पनि संसदीय बहुमत प्राप्त गर्न नसकेपछि गठबन्धन सरकार बनाउने प्रयास गरेको थियो।

गठबन्धन सरकार गठनको प्रयास असफल भएपछि ग्रीसका राष्ट्रपति कटेरिना साकेलारो पोलोउले ग्रीसको सर्वोच्च आर्थिक अदालतका अध्यक्ष इओनिस सरमासलाई कामचलाउ सरकारको प्रमुखमा नियुक्त गरेका छन्।

उनको नेतृत्वको सरकारले देशलाई निर्वाचनमा लैजाने छ। तीन सय सदस्यीय नयाँ संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेतासँगको बैठकपछि यो कदम चालिएको हो।

‘स्वीकार गर्नु मेरो संवैधानिक दायित्व हो र नागरिकको रूपमा मेरो कर्तव्य पनि हो,’ सरमासले राष्ट्रपतिको कामचलाउ सरकारको प्रमुखका लागि गरेको आग्रहपछि सकारात्मक जवाफ दिँदै भने।

ग्रीसको संविधानअनुसार यस्तो अवस्थामा कामचलाउ सरकारको नेतृत्व गर्न एक जना उच्च न्यायाधीश नियुक्त गरिन्छ। नयाँ सरकारले यसै साताको अन्त्यमा शपथ ग्रहण गर्ने अपेक्षा गरिएको छ।

रोचक कुरा के छ भने नवनिर्वाचित सांसदहरूले आइतबार शपथ लिनेछन् र संसद विघटन हुनेछ। सोमबार नयाँ निर्वाचनको घोषणा हुनेछ।

प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले आगामी जुन २५ मा पुनः निर्वाचन को आह्वान गरेका छन्।

अर्को चुनावमा संशोधित निर्वाचन प्रणाली प्रयोग गरिनेछ, जसले विजयी दललाई ५० अतिरिक्त सिटको बोनस प्रदान गर्नेछ र यसले एक दलीय सरकार गठन गर्न मद्दत गर्नेछ। 

राजनीतिक विश्लेषकहरुका अनुसार यो प्रणालीअन्तर्गत सबैभन्दा अगाडि रहेको उम्मेदवारले करिब ३८ प्रतिशत मतका साथ संसद्मा पूर्ण बहुमत प्राप्त गर्न सक्छ। (रासस/सिन्ह्वा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .