ad ad

समाज


राष्ट्रियसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित

राष्ट्रियसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित

नेपालखबर
जेठ २१, २०८० आइतबार १४:३२, काठमाडौँ

राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि स्थगित भएको राष्ट्रियसभा बैठक भोलि मात्रै बस्ने भएको छ। 

आधा घन्टाका लागि स्थगित भएको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। 

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले अर्को बैठक सोमबार अपराह्न १ः०१ बजे बस्ने बताए।

राष्ट्रियसभामा नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले नागरिकता विधेयकलाई गलत बाटोबाट प्रमाणीकरण गरेको भन्दै आपत्ति प्रकट गरे।

उनले सबै नागरिकले नेपाली नागरिकता पाउने कुरामा विवाद नरहेको बताउँदै तर यति गम्भीर विषय संसद्लाई छलेर प्रमाणीकरण गरिएकोमा आपत्ति जनाए। 

त्यसैगरी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अतिक्रमित भूमि कालापानी साट्ने गरी दिएको अभिव्यक्तिको पनि विरोध गरेको छ।

एमालेका सांसदहरुले अवरोध गरेपछि बैठक २९ मिनेटका लागि स्थगीत गरिएको प्रतिनिधिसभा बैठक पनि बस्न सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .