ad ad

समाज


नक्कली शरणार्थी प्रकरण : इन्द्रजित राईको पनि प्रतिरक्षा बहस सकियो

नक्कली शरणार्थी प्रकरण : इन्द्रजित राईको पनि प्रतिरक्षा बहस सकियो

फाइल तस्बिर


नेपालखबर
जेठ २५, २०८० बिहिबार १८:१४, काठमाडौँ

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन गरिएको करोडौँ ठगी प्रकरणमा बिहीबारसम्म तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईको पनि बहस सकिएको छ।

काठमाडौं जिल्ला अदालतमा यो प्रकरणमा अभियुक्त राईका वकिलहरुले प्रतिरक्षा बहस गरेका हुन्। 

इन्द्रजित बचाउ गर्दै बिहीबार अधिवक्ताहरु बालकृष्ण ढकाल, प्रकाश केसी, दिलकुमारी राई र कुमार अधिकारीले बहस गरेका छन्। 

बिहीबार इन्द्रजितको पक्षबाट बहस हुनुअघि अन्य अभियुक्तहरु सागर राई र सन्देश शर्माको पक्षका वकिलले पनि प्रतिरक्षा बहस गरेका थिए। 

बिहीबार यो प्रकरणमा पक्राउ परेका सागर र सन्देशको पक्षमा वकिलहरुले  बहस गरेका थिए। बिहीबारसम्म यो प्रकरणमा ६ जना अभियुक्तको बयान भइसकेको छ।

बिहीबार वरिष्ठ अधिवक्ता एवम् पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले सानु भण्डारीको पक्षमा बहस सुरु गरेका थिए। 

त्यसपछि अर्का अभियुक्त सागर राईको तर्फबाट अधिवक्ताहरु प्रकाश पौडेल, विनोद कार्की, सन्तोष भट्ट र इन्द्रप्रसाद पोखरेलले बहस गरेका थिए। 

त्यसैगरी अर्का अभियुक्त सन्देश शर्माकोतर्फबाट अधिवक्ताहरु यज्ञ खतिवडा, गोपालराज अर्याल र नगेन्द्र चौहान, सुशीला कार्की र मंगल महतोले बहस गरे।

बुधबारदेखि अभियुक्तहरुको पक्षबाट वकिलहरुले बहस सुरु गरेका थिए। बुधबार जम्मा १३ जना वकिलले बहस गरेका थिए। 

यो प्रकरणमा बुधबार सबैभन्दा पहिले बिचौलियाका रुपमा अभियोग लगाइएका केशव दुलालको तर्फबाट ६ जना वकिलले बहस गरेका थिए। 

बुधबार केशव दुलाल, सानु भण्डारी र टंक गुरुको पक्षमा वकिलहरुले बहस गरेका थिए। 

बुधबार केशव दुलालको तर्फबाट ६ जनाले  बहस गरिसकेपछि अर्का बिचौलिया सानु भण्डारीको पक्षबाट एकजना वकिल विनोद शर्माले प्रतिरक्षा बहस गरेका थिए। 

केशव दुलाको बचाउ गर्दै विकास भट्टराई, विकास थापा, विश्वास आचार्य, योगेन्द्रबहादुर अधिकारी, नरबहादुर योगी र राजन भट्टराईले बहस गरेका थिए। 

आइतबारदेखि मंगलबारसम्म सरकारी वकिलहरुले बहस सकेपछि बुधबारदेखि प्रतिवादीको तर्फबाट प्रतिरक्षा बहस सुरु भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .