नागरिकताविहीन एक व्यक्तिले काठमाडौंको माइतीघर मण्डलमा आत्मदाह प्रयास गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।
नागरिकता माग गर्दै आन्दोलनका क्रममा धर्ना बसेका निरज नामका ती व्यक्तिले जिउमा पेट्रोल खन्याएर आगो लगाएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालका अनुसार पेट्रोल खन्याएर ती व्यक्तिले आत्मदाह प्रयास गरेका हुन्।
उनलाई अहिले उपचारका लागि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ। उनको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ।
मंगलबार बिहानैदेखि माइतीघर मण्डलमा नागरिकताविहीनको प्रदर्शन थियो। त्यसक्रममा आक्रोशित एक व्यक्तिले आत्मदाह प्रयास गरेपछि अहिले प्रहरीको तैनाथी पनि बढाइएको छ।
जेठ ३०, २०८०, मंगलबार
414
Shares
प्रतिक्रिया