पर्सा जिल्लाको वीरगंज महानगरपालिका १० आदर्शनगर ईलाकाबाट सशस्त्र प्रहरीले २५ लाख २५ हजार ६ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
२ वटा ठेलामा लोड गरी भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको बिल बिजक नभएको लत्ताकपडा, स्मार्ट घडी र एयरबर्डस् प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले बरामद गरेको हो।
सामान ल्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई देख्नासाथ सामान छाडी फरार भएका थिए।
बरामद गरिएको मध्ये विल विजक बिनाको सुटिङ्गको कपडा ५ लाख ७० हजारको तथा अन्य लत्ताकपडा, स्मार्ट घडी र एयरबर्डस् गरी १९ लाख ५५ हजार ६ सय रुपैयाँको रहेको छ।
बरामद सामान आवश्यक कारबाहीको लागि बुधबार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
21
Shares
प्रतिक्रिया