समाज


चारकिलोमा पहिराे खस्याे, नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चारकिलोमा पहिराे खस्याे, नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नेपालखबर
माघ ३, २०७६ शुक्रबार ५:२२,

हिउँदे वर्षाका कारण पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका-६ चारकिलोमा शुक्रबार बिहान पहिरो खसेको हो।

बिहीबार रातिदेखि भएको वर्षाले पहिरो खसेपछि सडक एकतर्फी रुपमा सञ्चालन भएको छ।

पानी पर्न नरोकिएकाले पहिरो पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .