समाज


भाउजुको हत्या अभियोगमा देवर पक्राउ

भाउजुको हत्या अभियोगमा देवर पक्राउ

नेपालखबर
असार २५, २०८० सोमबार ११:५४, काठमाडौँ

नवलपरासी रामग्राम १० मंझरियाकी २५ वर्षीया मीरा चौधरीको हत्या अभियोगमा उनका देवर पक्राउ परेका छन्।

प्रहरीले आइतबार राति २७ वर्षीय चन्दन चौधरीलाई पक्राउ गरेको हो। जग्गाको विषयमा वादविवाद र झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गरेका थिए। 

गम्भीर घाइते भएकी मीराको जिल्ला अस्पताल परासी पुर्‍याइएको थियो। थप उपचारका लागि मेडिकल कलेज भैरहवा रूपन्देहीमा लगिएकोमा उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले बताएको छ।

घटनापछि नवलपरासी (पश्चिम)बाट खटिएको प्रहरीले चन्दनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .