समाज


पहिरो र बाढीले ठाउँ-ठाउँमा सडक अवरुद्ध

पहिरो र बाढीले ठाउँ-ठाउँमा सडक अवरुद्ध

नेपालखबर
साउन २८, २०८० आइतबार १५:२९, काठमाडौँ

कोशी प्रदेशका विभिन्न स्थानमा आएको अबिरल वर्षा सँगै बाढी पहिरोका कारण विभिन्न स्थानमा सडक अबरोध भएको छ।

प्रहरीका अनुसार ताप्लेजुङको मैवाखोलामा बाढी आई मेरिङदिन गाउँपालिका–३ स्थित दोभान बजार र आठराई त्रिबेणी गाउँपालिका–५ जोड्ने मोटरेबल पुल सम्म जाने अन्दाजी ७ मिटर बाटो बाढीले बगाउँदा दुवै तर्फको सवारी आवामगन बन्द भएको छ।

यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–१ गुप्त बराह भित्री सडक खण्डमा सडकमा पहिरो झरी बाटो अबरोध भएको छ।

ईलाम नगरपालिका–४ अधिकारी चोकमा सडकमा पहिरो झरी बाटो अवरोध भएको, तेह्रथुमको छथर गाउँपालिका र सिधुवा शुक्रवारे सडकखण्डको देविथानमा सडक माथिबाट पहिरो खस्दा बाटो अवरोध भएको, ताप्लेजुङको फुङलिङ नगरपालिका–८ खोक्से खोला स्थित मेची राजमार्गमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरोध भएको छ।

ती स्थानहरुमा प्रहरी टोली खटी गई स्थानीय निकायहरूसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी झापाको अर्जुनधारा नगरपालिका ७ खुदुवावारी–शनिश्चरे सडक खण्डमा पर्ने बिरिङ खोलाको पुलको सडकको पुलमुनीको पंखामा बाढीले क्षति पुर्‍याउँदा पुल जिर्ण अबस्थामा रहेकोले उक्त स्थानमा समेत प्रहरी टोली खटि गई स्थानीय निकायको सहयोगमा बाँध बाध्ने कार्य भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad