समाज


पोखरामा पार्किङ गरेको बस जब एक किशोरले चोरेर चितवन पुर्‍याए

पोखरामा पार्किङ गरेको बस जब एक किशोरले चोरेर चितवन पुर्‍याए

नेपालखबर
मंसिर २४, २०८० आइतबार १६:४२, काठमाडौँ

एउटा यात्रु बस चोरेको आरोपमा किशोर पक्राउ परेका छन्। बस चोरेको आरोपमा पक्राउ परेका किशोरको परिचय प्रहरीले खोलेको छैन।

गत मंसिर २२ गते राति पोखरा महानगरपालिका-९, पृथ्वीचोकमा पार्किङ गरेको ग १ ख ९६३८ नम्बरको बस हराएको थियो।

उक्त बस हराएको सूचना आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले मातहत प्रहरी कार्यालय तथा अन्य जिल्लाका प्रहरी कार्यालयमा पनि जानकारी गराई खोजतलास थालेको थियो।

खोजतलासका क्रममा उक्त बस तनहुँको म्याग्दे गाउँपालिका-३ का १७ वर्षीय किशोरले चोरी गरेको पत्ता लागेको हो।

ती किशोरले चलाउँदै लगिरहेको बस चितवनको भरतपुर महानगरपालिका-११, आँपटारीबाट बरामद भएको हो। 

बससहित किशोरलाई पक्राउ गरेर कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .