ज्योतिषी सुरेशचन्द्र रिजालले बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सुनाएको ८ वर्ष कैदको फैसला उल्टिने ‘ग्रहयोग’ परेको दाबी गरेका छन्।
बुधबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले गौशाला–२६ (परिवर्तित नाम) लाई बलात्कार गरेको ठहर गर्दै सन्दीपलाई ८ वर्ष कैद हुने र उनले ३ लाख जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो।
यसमा टिप्पणी गर्दै ज्योतिषी रिजालले फेसबुकमा लेखेका छन्, ‘वक्रदृष्टि खण्डित ग्रहयोगमा आठ वर्ष कैद सजाय! छिट्टै फैसला उल्टने संकेत। जबर्जस्ती करणी कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले आठ वर्ष कैद सजाय तोकेको समय नै खण्डित वक्रदृष्टि ग्रहयोगमा परेकाले जिल्ला अदालतको फैसला छिट्टै उल्टने ग्रहयोग परेको छ।’
ज्योतिषी रिजाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सातपटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेर चर्चामा आएका ज्योतिषी हुन्।
Shares
प्रतिक्रिया