समाज


शालीन मृत्यु प्रकरण : प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

शालीन मृत्यु प्रकरण : प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

फाइल तस्बिर


नेपालखबर
चैत ४, २०८० आइतबार १५:४८, काठमाडौँ

पूर्वी चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी शालीन पोखरेलको घटनामा पक्राउ परेका तीनजना विरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा चलाइएको छ।

विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेलविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहमा मुद्दा दर्ता गरेको हो। 

गत फागुन १२ गते रत्ननगरको एकता शिशु निकेतनको छात्राबासकै कोठामा १४ वर्षीया शालीन पोखरेल सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

उक्त घटनामा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै मृतकका बाबु दीपेन्द्रले विद्यालयका प्रधानाध्यापकसहित तीन शिक्षकविरुद्ध किटानी जाहेरी दिएका थिए। तर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भएको स्वास्थ्य परीक्षणमा बालिकामाथि बलात्कार नभएको पुष्टि भइसकेको छ।

यसअघि शालीनले आत्महत्या गरेको भन्ने कुराको बल पुग्ने गरी उनको सुसाइड नोट प्रहरीले फेला पारेको थियो। उक्त अक्षर शालीनकै भएको पुष्टि विधि विज्ञान प्रयोगशालाबाट भइसकेको छ। त्यसको प्रतिवेदनले पनि सुसाइट नोट शालीन आफैंले लेखेको पुष्टि भएको थियो।

यस्तोमा प्रहरीले उनीहरू तीनैजनाविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा चलाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .