समाज


रुकुम-पश्चिम जिल्ला अदालतमा सम्बन्ध विच्छेदका ४७५ मुद्दा

रुकुम-पश्चिम जिल्ला अदालतमा सम्बन्ध विच्छेदका ४७५ मुद्दा

प्रतिकात्मक तस्बिर


नेपालखबर
चैत ५, २०८० सोमबार १४:३८, त्रिवेणी (रुकुमपश्चिम)

जिल्ला अदालत रुकुम पश्चिमले चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म दुई सय दुई मुद्दा फर्स्योट गरेको जनाएको छ।

गत साउनदेखि फागुनसम्म दर्ता भएकामध्ये सो सङ्ख्यामा मुद्दा फर्स्योट गरिएको हो।

जिल्ला अदालत रुकुम पश्चिमका स्रेस्तेदार मन्दिरा शाहीका अनुसार गत आवदेखि जिम्मेवारी सरेर आएका एक सय ६६ र चालु आवमा नयाँ दर्ता भएका तीन सय नौ गरेर हालसम्म चार सय ७५ मुद्दा जिल्ला अदालत दर्ता भएका छन्। दर्ता भएकामध्ये हालसम्म दुई सय दुई मुद्दा मात्र फर्स्योट भएको उनले जानकारी दिइन्। 

स्रेस्तेदार शाहीका अनुसार वार्षिक फर्स्योटको लक्ष्य ५ सय ५० राखिएको छ।

फागुनसम्म लक्ष्यको ३७ दशमलव चार प्रतिशत मुद्दा फर्स्योट भएको भन्दै लगतको भने ४२ दशमलव ५२ प्रतिशत मुद्दा फर्स्योट भएको उनले जानकारी दिइन्। उनका अनुसार अब दुई सय ७३ मुद्दा फर्स्योट हुन बाँकी छन्।

जिल्लामा कर्तव्य ज्यानसम्बन्धी, सम्बन्धविच्छेद, बालविवाह र घरेलु हिंसाका घटना बढी हुने गरेका स्रेस्तेदार शाहीले जानकारी दिइन्।

‘अदालतमा दर्ता भएका मुद्दामध्ये ३७ प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेका छन्’, उनले भनिन्, ‘आर्थिक अभावले विदेशिनु, सानै उमेरमा पढाइ छाड्नु, बालविवाह गर्नुलगायत कारणले सम्बन्धविच्छेदका घटनामा कमी आउन सकेको छैन। करिब २० प्रतिशत घरेलु हिंसाका कारण सम्बन्धविच्छेद हुने गरेको छ।’

सम्बन्धविच्छेदका केही मुद्दामा मिलापत्र गरेर पठाए पनि केहीमा नसकिएको जिल्ला अदातलका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले बताए।

सेवा प्रवाहलाई थप व्यवस्थित गर्न मुद्दाका मिसिललाई विद्युतीय माध्यमबाट संरक्षण गर्न सुरु गरिएको, बालमैत्री र स्तनपान कक्ष सञ्चालनमा ल्याएको र सेवाग्राहीका लागि फोटोकपी निःशुल्क व्यवस्था गरिएको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad