समाज


चोरीको मोटरसाइकल सहित एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

चोरीको मोटरसाइकल सहित एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

नेपालखबर
चैत ५, २०८० सोमबार १४:५१, काठमाडौँ

काठमाडौँको बूढानीकण्ठ नगरपालिका २ भंगालबाट चोरीको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंकै चाबहिल बस्ने १८ वर्षीय सक्षम गुरूङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

वास्तविक नम्बर परिवर्तन गरेर बागमती प्रदेश-०२-२७ प ४३ ०३ नम्बर राखी चलाइरहेको अवस्थामा गुरूङलाई अइतबार साँझ ६ बजे ट्राफिक प्रहरीले फेला पारेको थियो।

नियन्त्रणमा आएका गुरुङले उक्त मोटरसाइकल अन्य व्यक्तिबाट लिएको बताएका छन्।  थप अनुसन्धान तथा कारबाहीका लागि गुरूङलाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।

बागमती प्रदेश-०२-०२३ प ०४७२ नम्बरको बुलेट मोटरसाइकल काठमाडौंको टोखा इन्द्रेणीपुलबाट  हराएको भनि मोटरसाइकल धनि धादिङको गंगा जमुना गाउँपालिका ७ का प्रकाश श्रेष्ठले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि गत मंसिर २६ गते निवेदन दिएका थिए। प्राप्त निवेदनका आधारमा खोजतलास गर्ने क्रममा मोटरसाइकल सहित गुरुङ नियन्त्रणमा आएका हुन्।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले सम्पूर्णलाई अनुरोध गरेका छन्।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य  निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् सजग हुनुपर्ने समेत प्रवक्ता श्रेष्ठले बताए।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad