ad ad

समाज


महेश बस्नेतविरुद्ध तत्काल मुद्दा नचल्ने, तामेलीमा गयो उजुरी

महेश बस्नेतविरुद्ध तत्काल मुद्दा नचल्ने, तामेलीमा गयो उजुरी

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १९:५६, काठमाडौँ

एमाले एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्धको उजुरीमा तत्काल मुद्दा नचल्ने भएको छ।

भ्रुणहत्या र बलात्कारको आरोप लगाउँदै एक महिलाले काठमाडौँ प्रहरी परिसरमा हुलाकमार्फत उजुरी दिएकी थिइन्।

प्रहरीले मुद्दा चलाउनका लागि पर्याप्त प्रमाण नरहेको प्रतिवेदन दिएपछि जिल्ला सरकारी वकिल कार्यायलले तामेलीमा राख्ने निर्णय गरेको हो। ‘पछि ठोस प्रमाण प्राप्त भएमा मुद्दा चल्न पनि सक्छ,’ सरकारी वकिल कार्यालयका एक अधिकारीले नेपालखबरसँग भने, ‘तत्काल मुद्दा चल्न सक्ने अवस्था देखिएन।’

हुलाकमार्फत प्राप्त उजुरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरी केही दिनअघि सरकारी वकिल कार्यालयलाई रायसहितको प्रतिवेदन पठाएको थियो।

प्रहरीका अनुसार, पहिला ती महिलाले आफूहरूलाई बद्नाम गर्न खोजेको भन्दै उजुरी दिएकी थिइन्। पछि उही विषयमा पीडित भएको भनेर उजुरी पठाए पनि उनले दाबी गरेका आधार तथ्यमा आधारित नभएको पाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .