ad ad

समाज


अब एक सातासम्मको मौसमबारे पहिले जानकारी पाइने

अब एक सातासम्मको मौसमबारे पहिले जानकारी पाइने

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
बैशाख ५, २०८१ बुधबार ११:५५, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागले अब एक सातसम्मको मौसम अनुमान गर्ने तयारी गरेको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले हाल तीन दिनसम्मको मात्रै मौसम अनुमान गरिरहेको छ। 

एक सातासम्मको मौसमी अवस्था जानकारी दिँदा मौसमजन्य विपत्‌का घटना न्यूनीकरणमा सहयोग पुग्ने विभागको विश्वास छ। एक सातासम्मको मौसम पूर्वानुमान हुँदा किसानलाई बाली लगाउन र भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ। 

विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले एक सातासम्मको मौसमसम्बन्धी पूर्वानुमान गर्ने गरी छलफल अगाडि बढिरहेको बताए।

‘अहिलेसम्म हामीले तीन दिन मौसम पूर्वानुमान गर्दै आइरहेका छौँ। यसको प्रभावकारिता पनि बढ्दै जान थालेपछि एक सातासम्मको पूर्वानुमानको तयारी गरिएको हो’, उनले भने।

उनले विश्वव्यापी मोडलअनुसार अगाडि बढ्न प्राविधिक र वित्तीय स्रोतको अभाव भएकाले क्षेत्रीयस्तरमा सहकार्य गरेर जान सकिने बताए।

मित्र राष्ट्रहरु र अन्य मौसमसम्बन्धी क्षेत्रीय सङ्गठनसँग सहकार्यका लागि छलफल भइरहेको उनले जानकारी दिए। 

विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले मौसमसम्बन्धी एक सातासम्मको पूर्वानुमान गर्दा मनसुजन्य विपद्का घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

‘मौसमसम्बन्धी एक सातासम्मको जानकारी दिँदा ठूलो धनजन र हानि नोक्सानी घटाउने विश्वास गर्न सकिन्छ। प्रत्येक वर्ष सर्वसाधरणहरुले बाढी र पहिरोबाट सम्पत्तिको नोक्सान बेहोर्नुपरेको छ। सम्पत्तिको सुरक्षा गर्न प्रशस्त समय चाहिन्छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .