समाज


उपनिर्वाचन : इलाम र बझाङमा मौन अवधि सुरु, निर्वाचनको प्रचार गर्न निषेध

उपनिर्वाचन : इलाम र बझाङमा मौन अवधि सुरु, निर्वाचनको प्रचार गर्न निषेध

फाइल तस्बिर


नेपालखबर
बैशाख १३, २०८१ बिहिबार ८:५६, काठमाडौँ

इलाम र बझाङमा हुन लागेकाे उपनिर्वाचनको मौन अवधि सुरु भएको छ। 

यही वैशाख १५ गते (आगामी शनिबार) उपचुनाव हुने इलाम र बझाङका निर्वाचन क्षेत्रमा मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ।

इलाम-२ को प्रतिनिधि सभा र बझाङ-१ को प्रदेश सभाबाट ०७९ काे निर्वाचनमा विजयी भएका जनप्रतिनिधिकाे निधन भएपछि ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

निर्वाचन हुने क्षेत्रमा बुधबार रातिदेखि नै मौन अवधि सुरू भएको छ र निर्वाचन नसकिँदासम्म ती क्षेत्रमा चुनाव प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ। 

इलाम-२ मा एमालेबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो। 

बझाङ-१ (क)मा कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि त्यहाँ पनि उपचुनाव हुन लागेको छ।

हेर्नुहोस् आयोगले जारी गरेको विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .