समाज


प्राकृतिक विपद्का कारण एक महिनामा ७० जनाको मृत्य

प्राकृतिक विपद्का कारण एक महिनामा ७० जनाको मृत्य

नेपालखबर
असार २४, २०८१ सोमबार १२:३३, काठमाडौँ

बाढी, पहिरो, चट्याङ लगायतका प्राकृतिक विपद्का कारण एक महिनाको अवधिमा ७० जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार अबिरल वर्षापछि आएको बाढी, पहिरो र चट्याङका कारण ७० जनाको मृत्यु भएको हो। घटनामा ८६ जना घाइते भएका छन् भने पाँच जना बेपत्ता छन्।

२०८१ जेठ २८ देखि असार २४ गतेसम्म भएका ९६६ प्राकृतिक विपद्का घटनामा सो क्षति भएको प्रहरीले जानकारी दिएको छ।

विपद्बाट ९ करोड ५६ लाख भन्दा बढीको क्षति भएको छ। विपद्का कारण ८६ घरमा क्षति पुगेको छ भने ३३५ पशु चौपाया मरेका छन्।

यस अवधिमा राहत तथा उद्धारमा चार हजार सात सय ९० प्रहरी परिचालन भएको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad