बुधबार बिहान भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक घटनास्थलमा पुगेका छन्।
दुर्घटनाको अवस्थाबारे बुझ्न उनीहरू घटनास्थल पुगेका हुन्।
ओली उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर ओली घटनास्थलमा पुगेका हुन्। त्यस्तै, दुर्घटना हुनेबित्तिकै गृहमन्त्री लेखक पनि घटनास्थल पुगेका हुन्।
दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीकाअनुसार जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको हो।
शवहरू उद्धार गरेर अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। विमानका पाइलट मनिष शाक्यको भने काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ।
उनको अहिले आईसीयूमा उपचार भइरहेको छ।
विमान दुर्घटनास्थलमा पुगे प्रधानमन्त्री
तस्बिरहरूः
























Shares

प्रतिक्रिया