समाज


बर्दिबासमा ‘हाम्रो मायाघर’ निर्माणको लागि २ करोड ४० लाख संकलन

बर्दिबासमा ‘हाम्रो मायाघर’ निर्माणको लागि २ करोड ४० लाख संकलन

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १२:३६, काठमाडौँ

महोत्तरीको बर्दिबासमा ‘हाम्रो मायाघर’ निर्माणको लागि सञ्चालन गरिएको महायज्ञ (शिवपुराण)बाट दुई करोड रुपैयाँभन्दा धेरै संकलन भएको छ।

मायाघर निर्माणका लागि साउन २२ गतेदेखि ३१ गतेसम्म बर्दिबासमा महायज्ञ सञ्चालन गरिएको थियो। 

महायज्ञ सुरु गर्नुअघि बर्दिवास बजारमा निकालिएकाे कलशयात्रा

१० दिनसम्म चलेको महायज्ञमा विभिन्न दाताबाट दुई करोड ४० हजार १८६ रुपैयाँ संकलन भएको महायज्ञ आर्थिक उपसमितिका संयोजक शम्भु भट्टराईले जानकारी दिए। 

महायज्ञमा सहभागीमध्ये एक हजार ४१७ जनाले दान रसिदमार्फत एक करोड ५७ लाख आठ हजार ३०४ रुपैयाँ प्रदान गरेका छन्। 

महोत्तरी १ बाट निर्वाचित सांसद लक्ष्मी महतोले आश्रम निर्माणका लागि ७१ हजार वटा इँटा दान गर्ने घोषणा गरेका छन्। 

त्यसैगरी मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले हाम्रो मायाघर निर्माणमा ३० लाख सहयोग गर्ने घोषणा गरेका छन् भने बर्दिबासका नगरप्रमुख प्रह्लाद क्षेत्रीले १५ लाख सहयोग गर्ने घोषणा गरेका छन्। 

त्यसैगरी बर्दिबासस्थित गौतम होटलका सञ्चालक हिरालाल गौतमले १० लाख ११ हजार सहयोग गरेका छन्। व्यवसायी गौतम महायज्ञ आयोजक मूल समितिका संयोजक पनि हुन्।

त्यसैगरी बर्दिबास निवासी कृष्ण गौतम, शम्भु भट्टराई, राजेश थापा र सुमित्रा भट्टराईले जनही साढे सात लाखका दरले आर्थिक सहयोग गर्ने बचन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad