समाज


मर्स्याङ्दी अपडेट : मेडिकल टिमसहित सेनाको हेलिकप्टर दुर्घटनास्थलतर्फ

मर्स्याङ्दी अपडेट : मेडिकल टिमसहित सेनाको हेलिकप्टर दुर्घटनास्थलतर्फ

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १३:३९, काठमाडौँ

तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा नेपाली सेनाको मेडिकल टिमसहितको टोली दुर्घटनास्थलतर्फ प्रस्थान गरेको छ।

नेपाली सेनाका प्रवक्ता गौरव केसीका अनुसार, एमआई १७ कलसाइनको हेलिकप्टर भर्खरै दुर्घटनास्थलतफर्फ प्रस्थान गरेको हो। 

दुर्घटनामा परेर १४ जनाको मृत्य भएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए। उनका अनुसार १७ जना घाइतेको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ। 

दुर्घटनामा परेको उद्धार कार्य जारी छ। उद्धारका लागि गोताखोरसहित नेपाली सेना, सशस्त्र र नेपाली सेनाको टोली परिचालित छ। 

यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त बसमा चालक र सहचालकसहित ४१ जना यात्रु सवार थिए।

बाँकी १० जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad