समाज


दुईवटा क्रेनले निकाल्ने प्रयास गर्दैछ मर्स्याङ्दीमा खसेको बस, यात्रुहरू सडकमै अलपत्र

प्रहरी भन्छ– अब एक घण्टासम्म पनि निस्किएन भने रोक्छौँ
दुईवटा क्रेनले निकाल्ने प्रयास गर्दैछ मर्स्याङ्दीमा खसेको बस, यात्रुहरू सडकमै अलपत्र

तस्बिर : मुग्लिन बजार फेसबुक वालबाट


नेपालखबर
भदौ १०, २०८१ सोमबार १३:४३, काठमाडौँ

मस्र्याङ्दी नदीमा गत भदौ ७ गते खसेको भारतीय नम्बर प्लेटको बस निकाल्ने प्रयास भइरहेको छ। सोमबार बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर क्रेनबाट बस निकाल्ने प्रयास गरिएको छ।

तर, अझैसम्म पनि बस निकाल्न सकिएको छैन। 

जिल्ला प्रहरी तनहुँका एसपी बिरेन्द्रबहादुर शाहीका अनुसार, अर्को क्रेन ल्याएर भर्खरैबाट बस निकाल्ने प्रयास भइरहेको छ। 

‘भर्खरै अर्को पनि क्रेन ल्याएर प्रयास गर्दैछौँ, आजका लागि यो अन्तिम पटक प्रयास गरौँ भनेर लागेका हौँ,’ एसपी शाहीले भने, ‘अब एक घन्टासम्म पनि सकिएन भने आजका लागि काम रोक्छौँ।’

बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर बस निकाल्ने प्रयास गरिएको हो। उक्त सडकखण्ड बन्द भएपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन्। 

नदीभन्दा थोरै माथि रहेको पहराका कारण बस निकाल्न समस्या भएको प्रहरीले बताएको छ। 

एसपी शाहीका अनुसार, एक घण्टापछि उक्त सडकखण्ड खुल्नेछ। स्थानीय प्रहरी प्रशासनले बिहान १० बजेसम्मका लागि बाटो बन्द हुने जानकारी गराएपनि बस निकाल्न समय लागेपछि बाटो अवरुद्ध बनेको छ। 

भारतीय नम्बरप्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाले ज्यान गुमाएका थिए।

मृतकहरूको पोस्टमार्टमपछि सनाखत गरेर भारतीय वायु सेनाको विमानमार्फत पठाइसकिएको छ। अर्का एकजना मर्स्याङ्दी नदीमै बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिको पनि खोजी भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad