समाज


सशस्त्रमा ३० वर्षे नहटाउने न्यायाधीशकै इजलासमा एआईजी ज्ञवालीसहितको रिट

सशस्त्रमा ३० वर्षे नहटाउने न्यायाधीशकै इजलासमा एआईजी ज्ञवालीसहितको रिट

नेपालखबर
भदौ १३, २०८१ बिहिबार ११:५०, काठमाडौँ

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित ५ जनाको रिट न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा पेसी तोकिएको छ। 

अवकाश हुन लागेका एआईजी ज्ञवालीसहितले उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

यसअघि सशस्त्र प्रहरीका डीआईजीसहित १२ जनाले ३० वर्षे हटाउन माग गर्दै दायर गरेको रिट पनि न्यायाधीश सुवेदीकै इजलासमा पेसी तोकिएको थियो।

न्यायाधीश सुवेदीले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश मात्रै जारी गरिदिएकी थिइन्।

त्यससँगै ३० वर्षे सेवा अवधिका कारण सशस्त्र प्हरीका १६ जना अधिकारीहरू अवकाश हुने भएका छन्। 

उमेर हदका कारण हुने अवकास रोक्न माग गरिएको रिट पनि न्यायाधीश सुवेदीको एकल इजलासमै पेसी तोकिएको हो। 

ज्ञवाली भदौ २६ गतेबाट अनिवार्य अवकाश हुन लागेका छन्। यस्तै डीआईजीहरू यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले रिट दायर गरेका हुन्। 

एआईजीको ५६ वर्षे उमेर हदका कारण एआईजी अवकाश भएपछि मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरले पनि असोज १४ गते अवकाश हुनेछन्।

डीआईजी राजेशनाथ वास्तोला कात्तिक ११ गते र केदार ढकाल मंसिर २२ गते अवकाश हुनेछन्। 

उता ३० वर्षे तत्काल कार्यन्वयन नगर्न भएको अन्तरिम आदेशविरुद्ध सरकारको भ्याकेट पनि आजै सुनुवाइ हुँदैछ।

उक्त निवेदन न्यायाधीश नहकुल सुवेदी र विनोद शर्माको संयुक्त इजलासमा पेसी तोकिएको छ। 

यो इजलासले यसअघिको अन्तरिम आदेश खारेज गरे प्रहरीका ८९ अधिकारीहरू पनि भदौ १६ गते एकसाथ अवकासमा जानेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad