भारतीय राष्ट्रिय रक्षा महाविद्यालयको नेपाल भ्रमणमा आएको छ।
रक्षा महाविद्यालयमा तालिम गरिरहेका शिक्षार्थीसहित ३६ सदस्यीय टोली आइतबार बिहान काठमाडौँ आइपुगेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
रियर एडमिरल सन्दीप एस संधु, एनएमको नेतृत्वमा रहेको उक्त टोली ५ दिनका लागि नेपाल भ्रमणमा आएको हो।
यस क्रममा टोलीले काठमाडौँ, पोखरा, लुम्बिनी र जनकपुरस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको भ्रमण तथा अध्ययन गर्ने नेपाली सेनाले जानकारी दिएको छ।
9
Shares

प्रतिक्रिया