समाज


जंगलमा महिलालाई एक्लै फेला पारेपछि बलात्कार गर्न खोज्ने पक्राउ

जंगलमा महिलालाई एक्लै फेला पारेपछि बलात्कार गर्न खोज्ने पक्राउ

नेपालखबर
फागुन २६, २०७६ सोमबार ७:१८,

पाल्पाको रामपुर नगरपालिकामा एक महिलामाथि जबर्जस्ती करणीको प्रयास भएको छ। रामपुर ३ स्थित रजघराको सानीअमराई जंगलमा जबर्जस्ती करणीको प्रयास भएको हो।

आइतबार साँझ जंगलबाट अर्धनग्न अवस्थामा रुदै चिच्याउँदै गरेको अवस्थामा २० वर्षीया महिलालाई स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेपछि मात्र घटना बाहिर सार्वजनिक भएको हो।

सो घटनामा संलग्न वडा नं ३ बस्ने करिब ३३ वर्षीय गणेश पाण्डेयलाई पक्राउ गरी प्रहरीमा बुझाइएको छ।

घटनास्थलमा महिलाको भित्री बस्त्र र सुरवालसमेत फालिदिएको अवस्थामा भेटिएको प्रत्यक्षदर्शी स्थानीय बताउँछन्। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार पीडितले किटानी जाहेरी नदिएकाले कानूनी प्रक्रियामा जान ढिलाइ भएको हो।

पीडितले जाहेरी नदिए पनि आरोपित व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए। पीडित महिला आफन्तको घरमा बसेर मजदूरी गर्दै आएकी थिइन्। रामपुरको बेझाड बजार जान निस्केकी ती पीडित महिलालाई आरोपित पाण्डेयले एक्लै भएको मौका छोपी बलात्कारको प्रयास गरेको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad