समाज


देशका मुख्य सडक नौ ठाउँमा अझै अवरुद्ध

अवरोध हटाएपछि यी ६ सडकमा भने गुड्न थाले एकतर्फी सवारी
देशका मुख्य सडक नौ ठाउँमा अझै अवरुद्ध

नेपालखबर
असोज २०, २०८१ आइतबार ११:१२, काठमाडौँ

बाढीपहिरोपछि अवरुद्ध भएका देशका नौवटा मुख्य राजमार्ग अझै पूर्णरुपमा बन्द अवस्थामा छन्। 

प्रहरी प्रधान कार्यालयका अनुसार सडकको अवरोध हटाएपछि ६ वटा मुख्य सडकखण्डमा भने एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएका छन्। 

प्रहरीका अनुसार ललितपुरको लेले टिकाभैरव जाने सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ। 

त्यसैगरी तेह्रथुमको लालिगुराँसमा पहिरो खसेर अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग पनि एकतर्फी रुपमा खुलेको प्रहरीले जनाएको छ। 

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्णभिरमा पनि एकतर्फी रुपमा सवारी साधन सञ्चालन भइरहेका छन्। 

उता अरनिको राजमार्ग अन्तर्गत पर्ने काभ्रेको पाँचखाल नगरपालिका ५ स्थित हनुमानगढी केराबारी सडकखण्डमा पनि एकर्फी रुपमा गाडी गुडिरहेका प्रहरीले जनाएको छ। 

नवलपरासी पश्चिममा पर्ने बर्दघाट नगरपालिका ४ दाउन्नेमा सडक भासिँदा अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्गमा पनि मर्मतपछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ। 

अझै अवरुद्ध छन् यी ९ राजमार्ग

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ पहिरो खस्दा अवरुद्ध बनेको भिमफेदी कुलेखानी फाखेल काठमाडौँ सडक अहिलेसम्म पूर्णरुपमा अवरुद्ध अवस्थामा छ। 

त्यसैगरी इन्द्रसरोवर २ मै पर्ने सिस्नेरी दक्षिणकाली, मकवानपुरको भिमफेदी गाउँपालिका ८ मा पर्ने कान्तिलोकपथ, बीपी राजमार्गमा पर्ने काभ्रेको रोसी गाउँपालिका ८ चारसयवेँसी, रोसी गाउँपालिका ११ कालढुंगा, रोसी गाउँपालिका १२ प्याकुरेलमा पनि अझै सडक पूर्णरुपमा अवरुद्ध छ। 

त्यसैगरी सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ को बाह्रबीसे तातोपानी सडकखण्ड, रामेछापको मन्थली नगरपालिका ६ मा पर्ने रामेछाप खुर्कोट सिन्धुली सडक र सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ अक्करे भिरमा पर्ने मध्यपहाडी राजमार्ग पनि अहिलेसम्म अवरुद्ध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad